चितवन- नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेद्वारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन । बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित हुने भएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।
निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।
प्रकाशित मिति : सोमबार, मंसिर १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्