भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी

चितवन : भीम रावल र घनश्याम भुसाल नेकपा (एमाले)को केन्द्रीय सदस्यमा विजयी भएका छन्।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मतपरिणाम सार्वजनिक गर्दै उनीहरु केन्द्रीय सदस्यमा विजयी भएको घोषणा गरे।

रावल ९०४ र भुसालले १२ सय ६४ मत ल्याएर केन्द्रीय कमिटीमा विजयी भएका हुन्। रावल अध्यक्ष र भुसाल उपाध्यक्षमा पराजित भएका छन्। आयोगका अध्यक्ष सुब्बाले रावलले आफूलाई केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहेको बताएको जानकारी गराए।

उनले पुरानै प्रचलन अनुसार पदाधिकारीमा उम्मेदवारी दिएकाको केन्द्रीय सदस्यमा पनि स्वतः उम्मेदवार हुने भएकाले त्यसो गरिएको बताएका छन्। सचिवमा पराजित भीम आचार्य पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् भने सचिवमै पराजित टंक कार्की भने केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्।

प्रकाशित मिति : मंगलबार, मंसिर १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij