बुटवल
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘विस्तारित अस्पताल सेवा’ सुरु भएको छ । बिस्तारित अस्पताल सेवाको बुधबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवास कल्याण मन्त्री ईन्द्रजित थारुले सुरु गुर्नभयो ।
अस्पतालमा उपलब्ध नभएका सेवाहरु थप गर्दै जाने योजना अनुसार बिस्तारित अस्पताल सेवा सुरु गरिएको हो । अस्पतालको सेवा समयभन्दा बाहिर (अरु समयमा) आएका बिरामीलाई सेवा प्रदान गरिने छ । सरकारले २०७७ चैतमा बिस्तारित सेवा कार्यविधि बनाएर यो सेवा सुरु गरेको थियो । संगै काठमाण्डौको टिचिङ, बिर, गंगालाल र चितनवमा पनि हालै यो सेवा सुरु भएको छ । पछिल्लो सयम लुम्बिनी प्रादेशिक अस्पतालमा बिस्तारित अस्पताल सेवा सुरु गरिएको हो ।
उक्त सेवाको शुभारम्भ गर्दै मन्त्री थारुले सरकारले प्रदेशका जनतालाई उपचारको लागि प्रदेश बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्नको लागि अस्पतालमा नभएका सेवा थप गर्न प्रोत्साहन गरिएको बताउनु भयो । उहाँले आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचारलाई पनि सहज बनाउन सरकार लागि परेको बताउँदै बिरामीको स्वास्थ्योपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा सुविधा पनि एउटा कारण भएकाले त्यसमा पनि छलफल भईरहेको उल्लेख गर्नुभयो ।
मन्त्री थारुले सरकारले ल्याएका योजना कार्यान्वयनमा जोड दिँदै स्वास्थ्योपचारमा नीजि क्षेत्रमा भन्दा पनि सरकारी अस्पतालमा आकर्षण बढाउने गरि काम गर्न आग्रह गर्नुभयो ।
त्यस्तै मन्त्रालयका सचिव डा. बिकास देवकोटाले जिल्ला अस्पताललाई प्रादेशिकमा लैजाने तथा लुम्बिनी प्रादेशिक अस्पताल र दाङको अस्पताललाई विशिष्टिकृत अस्पतालको रुपमा बिकास गर्ने सरकारको योजना रहेको बताउनु भयो । सोही अनुसार प्रदेश सरकारले कोभिड बाहेक कुल बजेटको १० प्रतिशत भन्दा बढी स्वास्थ्यमा बजेट विनियोजन भएको जानकारी गराउनु भयो ।
अस्पतालमा बिरामीको चाप अनुसार पूर्वाधार र जनशक्ति पनि कम भएको बताउँदै अस्पताल बिकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पताले अगाडि सारेका योजनामा साथ र सहयोग गर्न सरकारलाई आग्रह गर्नुभयो
प्रकाशित मिति : बुधबार, मंसिर १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्