काठमाण्डौं – सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज शुक्रबार सात वटै प्रदेशमा उममेदवारकाे मनोनयन दर्ता हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन भइसकेको छ । आज उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको छ भने शनिबार मतदान हुनेछ ।
१६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गरेका थिए । तर, प्रदेश नम्बर १ मा उद्घाटन सत्र हुन सकेन। प्रदेश १ मा आज बिहान उद्घाटन सत्र हुँदैछ । त्यहाँ पनि आज नै उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ । मुलुक संघीयता गएपछि कांग्रेसको पहिलो प्रदेश कार्यसमिति गठन हुन लागेको हो ।
यता
लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको भैरहवामा शुरु हुँदै छ ।नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको नेतृत्वका लागि पार्टीभित्रका दुई गुटले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका छन् ।
प्रदेश सभापति पदमा देउवा समुहबाट सार्वजनिक लेखा समितिका सभापति समेत रहेका रुपन्देहीका भरतकुमार शाहलाई अगाडि सारिएकाे छ भने देउवा ईतर समुहबाट पूर्वराज्यमन्त्री राेल्पाका अमरसिंह पुनलाई अगाडि सारिएकाे छ ।
देउवा समुहका शाहकाे टिममा उपसभापतिमा दाङका राजु खनाल र कपिलबस्तुका सुधाकर पाण्डे, महामन्त्रीमा बर्दियाका जन्मजय तिमल्सिना र प्युठानका खिमानसिंह रायमाझी तथा सहमहामन्त्रीमा बाँकेका लक्ष्मीनारायण शाह, रुपन्देहीकी शरिता चाैधरी र बाँकेकी माया पुनलाई अगाडि सारिएकाे छ ।
त्यस्तै देउवा ईतर पुनकाे टिममा उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठक, महामन्त्रीमा नवलपरासी पश्चिमका बिक्रम खनाल र कपिलबस्तुका सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका बिष्णु मुस्कान र प्युठानकी निमा गिरीकाे नाम अगाडि सारिएकाे छ । ले उम्मेदवारी घोषणा गरेका छन् ।
।प्रदेशका १२ जिल्लामध्ये बाँकेबाहेक ११ जिल्लाको अधिवेशन सकिँदा रुपन्देही र बर्दिया बाहेक ९ जिल्लामा संस्थापन इतरले जिल्ला सभापति जितेको छ । रुपन्देही र बर्दियामा संस्थापन पक्षले जितेको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर १७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्