बागमतीमा भागवण्डा मिलाउन आठ मन्त्रालय फुटाएर १४ बनाइयो

बागमतीमा भागवण्डा मिलाउन आठ मन्त्रालय फुटाएर १४ बनाइयो

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन दलमा भागवण्डा मिलाउन मन्त्रालय फुटाएर जम्बो मन्त्रिपरिषद् गठन गर्ने भएका छन्।

 

कात्तिक ११ गते गठबन्धनबाट नेतृत्व गर्दै सत्तारोहण गरेका नेकपा (एकीकृत समाजवादी ) प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका पाण्डेले सत्तारुढ गठबन्धन दलमा भागवण्डा मिलाउन जम्बो मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

पाण्डेले हाल रहेको ८ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाउन लागेका छन्। मन्त्रालय फुटाउन लागेका मुख्यमन्त्री पाण्डेले मंसिर १५ गतेको मन्त्रिपरिषद् बैठकबाट निर्णय नै गराएर राजपत्रमा सूचना समेत प्रकाशन गराइसकेका छन्।

राजपत्रमा प्रकाशित सूचनाका अनुसार बागमती प्रदेश सरकारले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको छ।

त्यस्तैगरी सामाजिक विकास मन्त्रालय फुटाएर यूवा तथा खेलकुद मन्त्रालय बनाइएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाइने भएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय बनाएको छ।

यसअघि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले सामाजिक विकास मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रालय बनाएको थियो।

उनले मन्त्रालय विभाजन गर्दा विरोध गरेको गठबन्धन दलहरुले नै अहिले भागवण्डा मिलाउन जम्बो मन्त्रिपरिषद् बनाउने भएका छन्। प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले साढे ३ वर्षसम्म ८ सदस्यीय मन्त्रिपरिषदबाट सरकार चलाएका थिए।

गठबन्धनमा भागवण्डा मिलाउन जम्बो मन्त्रिपरिषद् बनाउन लागेका मुख्यमन्त्री पाण्डेले संसदीय समितिसमेत थप्ने तयारी गरेका छन्।

प्रकाशित मिति : शनिबार, मंसिर १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij