काठमाडौँ । राप्रपाको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा अनुपस्थित भएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा थापा अनुपस्थित भएका हुन् । अध्यक्षमा पराजित भएपछि आफ्नो पराजयमा पूर्वराजा ज्ञानेन्द्र शाहले ‘नाङ्गो हस्तक्षेप’ गरेको आरोप लगाएका थापा शपथ ग्रहण कार्यक्रममा अनुपस्थित भएका हुन् ।
कार्यक्रममा निवर्तमान अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने उपस्थित भएका छन् । राणाले थापालाई समर्थन गरेका थिए भने लोहनीले लिङ्देनलाई समर्थन गरेका थिए ।
प्रकाशित मिति : आइतबार, मंसिर १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्