राजमार्ग चोराहा देखि गोलपार्क सम्मको सडक सकस, स्थानीय आन्दोलनमा उत्रीए

राजमार्ग चोराहा देखि गोलपार्क सम्मको सडक सकस, स्थानीय आन्दोलनमा उत्रीए

पौष २६ मा बुटवल बन्द

 

 

बुटवल- राजमार्ग चोराहा देखि गोलपार्क सम्मको बाटो मर्मत कार्य नहुँदा समस्या उत्पन्न भएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रीयका छन् । चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा संगठित पिडितहरुले सडक मर्मत सहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन माग गर्दै पौष २६ गते बुटवल बन्दको आह्वान गरेका हुन् ।

समितिले झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नुपर्ने, ज्यातिनगर, लक्ष्मिनगर पाखापानी वडा नम्वर १, पाखापानी वाड २ र वडा नम्वर ६ को ताइवान टोल माथिको पहिरोको नियन्त्रण गरी बस्तीलाई तत्काल सुरक्षित गनुपर्ने माग राखी दुइ महिने संर्घषका कार्यक्रम सार्वजनिक गरेको छ ।

मंगलवार दिउसो नागरिक समाजका अगुवा संस्थाबीच छलफल गरेको समितिले साझ सडक मै पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा कार्यक्रमहरु सार्वजनिक गर्दै समितिका अध्यक्ष कमल गौतमले बुधवार नागरिक समाज तथा सरोकारवाला संघको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यलयमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउने बतानुभयो ।

त्यस्तै समितिले पौष ३ गते सम्म राजनीतिक दल, विभिन्न संघ, संस्था, नेपाल सरकारका सम्बन्धित कार्यालयहरुमा ज्ञापन पत्र दिने, पौष ४ गते सडक विभागमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ । पौष ६ गते खानेपानी संस्थानमा धर्ना दिई पौष ८ गते प्रदेश वन मन्त्रालयमा धर्ना दिने कार्यक्रम समितिले बनाएको छ । समितिले पौष १५ गते नगरपालिकामा धर्ना, पौष १८ गते मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिनेछ । पौष २३ गते एक घण्टा चक्काजामको कार्यक्रम बनाएको समितिले पौष २५ गते नारासुलुस गर्ने जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij