डब्ल्यूएचओले भन्यो- ओमिक्रोनविरुद्ध फाइजर पनि प्रभावकारी हुन्छ

डब्ल्यूएचओले भन्यो- ओमिक्रोनविरुद्ध फाइजर पनि प्रभावकारी हुन्छ

काठमाडौं – वर्तमान भाइरसविरुद्धका खोपले ओमिक्रोन भेरियन्टविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले निष्कर्ष निकालेको छ । दक्षिण अफ्रिकामा फाइजर खोपको प्रभावकारिताको प्रयोगशाला परीक्षणपछि डब्ल्यूएचओले यस्तो निष्कर्ष निकालेको हो ।

डब्ल्यूएचओले अहिले प्रयोगमा आएका खोपले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने जनाएको छ । अहिलेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि बिरामी हुनबाट रोकथाम गर्ने डब्ल्यूएचओले जनाएको छ ।

अहिले प्रयोगमा रहेका कोरोनाविरुद्धका खोपहरु प्रभावकारी भएका र ती खोपले सबै भेरियन्टका संक्रमितलाई गम्भीर बिरामी र अस्पताल भर्ना हुने अवस्था आउन नदिने प्रमाणित भएको पनि डब्ल्यूएचओले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij