निर्वाचन समितिद्वारा आचारसंहिता जारी

निर्वाचन समितिद्वारा आचारसंहिता जारी

काठमाडौं – आगामी मंसिर २४ देखि काठमाडौंमा हुन गइरहेको कांग्रेसको १४औँ महाधिवेशनका लागि निर्वाचन समितिले आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार उम्मेदवारले प्रचारप्रसार गर्दा कसैको व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचार गर्न नपाइने उल्लेख छ ।

त्यस्तै, केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा, भृकुटीमण्डप र राष्ट्रिय सभागृह कांग्रेसको महाधिवेशन क्षेत्र भएकाले यी ठाउँको पाँच सय मिटर वरपर चुनावसँग सम्बन्धित भित्ते लेखन, तुल, ब्यानर, पर्चा पम्प्लेट, माइकिङलगायतका प्रचारप्रसार गर्न पाइने छैन ।

निर्वाचन समितिले आचारसंहिता विपरित त्यस्तो गरेको पाइएमा हटाउने जनाएको छ । त्यस्तै मतदानस्थल भृकुटीमण्डप र राष्ट्रिय सभा गृहभित्र मोबाइल फोन प्रतिबन्ध गरिएको पनि केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij