पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए द्वन्द्व हुन्छ : बालकृष्ण खाँण

पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए द्वन्द्व हुन्छ : बालकृष्ण खाँण

काठमाडौं – नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए दुईवटा शक्तिकेन्द्र बन्ने र त्यो द्वन्द्वले पार्टी र सरकार दुवैलाई असर पार्ने बताएका छन् ।

सोमबार कांग्रेसको १४ औं महाधिवेशनमा मतदान गरेपछि सञ्चार मध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिले पार्टीभित्रको शक्ति सन्तुलन, अन्य राजनीतिक दलको विश्वास पाउन पनि शेरबहादुर देउवा नै सभापतिमा निर्वाचित हुनुपर्ने बताए ।

‘पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भएमा दुईवटा शक्ति केन्द्र स्थापना हुन्छ, त्यो द्वन्द्वले सरकारलाई पनि पार्टीलाई पनि असर पर्छ’ उनले भने, ‘अहिलेको अवस्थामा शेरबहादुर देउवालाई नै सभापतिमा निर्वाचित गर्न सक्यौं भने पार्टीभित्रको शक्ति सन्तुलन पनि मिल्छ, पार्टी एकता पनि हुन्छ, अन्य राजनीतिक दलको भरोसा र विश्वासमा यही सरकारले आउने निर्वाचनहरु पनि सम्पन्न गर्छ ।’

प्रकाशित मिति : सोमबार, मंसिर २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij