पहिलो पाईला बुटवलद्धारा झोला वितरण

पहिलो पाईला बुटवलद्धारा झोला वितरण

बुटवल-पहिलो पाईला नेपाल बुटवल शाखाद्वारा गुल्मी जिल्लाको छापहिले छापहिले माध्यमिक विधालयमा शिशु कक्षा देखि ५ कक्षा सम्मका बालवालीकालाई शिक्षा अभियान अन्तर्गत ‘भाग्य भोक्ने झोला’ वितरण गरेको छ ।
मालिका गाउपालिका छापहिलेमा रहेको छापहिले माध्यमिक विधालयमा अध्यनरत ८० जना विधार्थिलाई झोला, सिसा कलम, कापि, टिफिनबक्स, रुलर, ज्यामिट्रि बक्स लगायतका सामग्री वितरण गरिएको बुटवल शाखाका अध्यक्ष पारस मरासिनिले जानकारी दीए ।
कार्यक्रममा बोल्दै मालिका गाउपालिका प्रमुख रित बहादुर थापाले विधालय स्तर उन्नितका लागी गाउपालिकाले पहल गर्ने र आउदा दिनहरुमा पहिलो पाहिलाको सहकार्य गर्दै कार्यक्रमा गर्ने प्रतिवद्धा व्यक्त गरे । जिल्ला बाहिरको संस्थाले गाउपालिका भित्रको विधाललाई सहयोग गरेकोमा खुसि हुदै धन्यवाद समेत व्यक्त गरे । वडा अध्यक्ष श्यामलाल गिरि, विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष ओम बहादुर कार्कि, पहिलो पाईल बुटवल निवर्तमान अध्यक्ष आयुष पौडेल, सल्लाकार गंगाधार न्यौपाने, प्रध्यानध्यापक धनु गिरि, सन्दिप सापकोटा ,सालिक भुसाल पुनम ढकाल लगायातले आ आफ्नो धारणा राखेका थिए ।
पहिलो पाईला नेपाल बुटवल साखाका सदस्य सन्तोस बन्जाडेको स्वागत , महिला उपाध्यक्ष लक्ष्मि के.सिको सञ्चालन र रमेश पछाईको संयोजकत्वमा कार्यक्रम गरिएको हो । पहिलो पाईला नेपालले देशका १६ वटा शाखाबाट सहयोगीकोरुपमा काम गर्दै आएको छ । ग्लोवल आई एमि बैकं प्रा.लि र मालिका गाउपालिकाको आर्थिक सहयोगमा झोला, तथा स्टेशनरी समान वितरण गरिएको जनाइएको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

 

प्रकाशित मिति : सोमबार, मंसिर २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij