मतदानको समय फेरि थपियो

मतदानको समय फेरि थपियो

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि जारी मतदानको समय दोस्रोपटक थप गरिएको छ । केन्द्रीय निर्वाचन समितिले यसअघि राति ९ बजेसम्म मतदान गर्ने समय निर्धारण गरेकोमा मतदान नसकिएपछि राति साढे १० बजेसम्मका लागि समय थप गरिएको हो । यसअघि मतदानको अन्तिम समय ५ बजे रहेकोमा ९ बजे पुर्‍याइएको थियो ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सोमबार राति साढे १० बजेसम्म मतदान गर्ने समय थप गरिएको विज्ञप्ति मार्फत जनाएका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान भइरहेको छ ।

बिहान ८ बजेबाट मतदान हुने भनिएको भए पनि मतपत्र छपाइमा ढिला भएका कारण करिब साढे ११ बजेबाटमात्रै मतदान सुरू भएको थियो ।

कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । यो महाधिवेशनले १३ पदाधिकारीसहित १३४ पदमा नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचनमा ४ हजार ७ सय ४३ जना मतदाता छन् ।

प्रकाशित मिति : सोमबार, मंसिर २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij