काठमाडौं – संघीय संसद्को हिउँदे अधिवेशन आज (मंगलबार) देखि सुरु हुने भएको छ । दिउँसो २ बजेदेखि सुरु हुने अधिवेशनमा विभिन्न विधेयकहरू पेश गरिने छन् । संसद् सचिवालयले बैठक बस्नुअघि मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।
आजदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ पेस गर्नेछन् । यस्तै उनले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ र सामाजिक सुरक्षासम्वन्धी अध्यादेश संसोधनका लागि पेस गर्ने कार्यसूची छ ।
त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका अध्यादेश पेस गर्ने कार्यसूची छ ।
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज (मंगलबार) देखि सुरु हुने भएको छ । दिउँसो २ बजेदेखि सुरु हुने अधिवेशनमा विभिन्न विधेयकहरू पेश गरिने छन् । संसद् सचिवालयले बैठक बस्नुअघि मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।
आजदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ पेस गर्नेछन् । यस्तै उनले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ र सामाजिक सुरक्षासम्वन्धी अध्यादेश संसोधनका लागि पेस गर्ने कार्यसूची छ ।
त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका अध्यादेश पेस गर्ने कार्यसूची छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्