काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना यतिबेला जारी छ । पार्टी कार्यालय सानेपामा मतगणना भइरहेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
उपसभापति पदमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला, दिव्येश्वरी शाह र महेश आचार्य गरी सात जना प्रतिस्पर्धामा छन् । कांग्रेसमा दुई जना उपसभापति रहने व्यवस्था छ ।
तीन ठाउँमा मतगणना भइरहेको र उपसभापतिको मत गणना सकिएपछि महामन्त्रीको मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्