कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । बुधबार अबेर राति सकिएको मत गणना अनुसार सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार खड्का र शेखर कोइराला पक्षबाट उम्मेदवार गुरुङ विजयी भएका हुन् ।

खड्काले सबैभन्दा धेरै मत पाएका हुन् भने झिनो अन्तरले विजयकुमार गच्छदारलाई हराउँदै गुरुङ दोस्रो स्थानमा रहे । खड्का र गुरुङले क्रमशः २१२१ र १९०८ मत प्राप्त गरे । उपसभापतिका अर्का आकांक्षी विजयकुमार गच्छदार दुई मतले पराजित भए । उनले १९०६ मत प्राप्त गरे । यस्तै चन्द्र भण्डारीले १५८० मत पाएका छन् । उपसभापतिका अर्का उम्मेदवार सुजाता कोइरालाले ६४४, महेश आचार्यले १५८९ र दिव्या शाहले १३२ मत प्राप्त गरे ।

सोमबार भएको मतदानमा उपसभापति दुई पदका लागि उनीहरुले उम्मेदवारी दिएका थिए । जम्मा ४,७४३ मतदातामध्ये चार ४,६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसकेका छन् । सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा गणना गरिने बताइएको छ । उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने समितिले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, पुष १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij