‘जि.पि. कोईराला स्मृति पत्रकारिता पुरकार–२०७६’ पत्रकार हरिष ढकाललाई

‘जि.पि. कोईराला स्मृति पत्रकारिता पुरकार–२०७६’ पत्रकार हरिष ढकाललाई

बुटवल –  नेपाल प्रेस युनियन रुपन्देहीले ‘गिरिजाप्रसाद कोईराला स्मृति पत्रकारिता पुरस्कार–२०७६’ पत्रकार हरिष ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाल प्रेस युनियन रुपन्देहीको बिहिबार बुटवलमा बसेको कार्यसमिति बैठकले उक्त पुरस्कार युनियन रुपन्देहीका सल्लाहकार नेपाल टेलिभिजनमा कार्यरत ढकाललाई प्रदान गर्ने निर्णय गर्दै ‘गिरिजाप्रसाद कोईराला स्मृति पत्रकारिता पुरस्कार–२०७७’ छनौट समिति समेत गठन गरेको छ ।

युनियन रुपन्देहीले नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको देहवसानसंगै तत्कालिन युनियन रुपन्देहीका सभापति रामराज पोख्रेलको पालामा लोकतन्त्रका पक्षमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्नेगरी उक्त पुरस्कार स्थापना गरिएको थियो । युनियन रुपन्देहीका सल्लाहकार छवि पाण्डे संयोजक रहेको छनौट समितिले गरेको सिफारिसका आधारमा ढकाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको युनियन रुपन्देहीकी सभापति रेखा भुसालले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले ‘गिरिजाप्रसाद कोईराला स्मृति पत्रकारिता पुरस्कार–२०७७’ छनौट समिति गठन गरेको छ । युनियन रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईको संयोजकत्वमा गठित समितिको सदस्यमा सभापति रेखा भुसाल र सल्लाहकार हरिष ढकाललाई चयन गरिएको छ ।
त्यस्तैगरी बैठकले युनियन रुपन्देहीका सल्लाहकार हरि लम्साल नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा, सल्लाहकार खिमानन्द भट्टराई प्रदेश प्रतिनीधि, कार्यसमिति सदस्य राजकुमार यादव र कमला पाण्डे काँग्रेस रुपन्देहीको जिल्ला कार्यसमिति सदस्य र सदस्य अमृत पाण्डे गण्डकी प्रदेश प्रतिनीधिमा निर्वाचित भएको बधाई ज्ञापन गरेको छ । त्यस्तैगरी नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट प्रदेश, जिल्ला, क्षेत्र, नगर तथा वडामा निर्वाचित सबैलाई बधाई ज्ञापन गरेको छ ।

त्यसैगरी बैठकले बिभिन्न विभुषण तथा पुरस्कारबाट पुरस्कृत भएका युनियन रुपन्देहीका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकार र सदस्यहरुलाई बधाई ज्ञापन गरिएको छ ।

प्रकाशित मिति : बिहिबार, पुष १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij