काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
९ जनाका लागि ३० जनाले प्रतिस्पर्धा गरेको निर्वाचनमा डा. डिला संग्रौलाले सर्वाधिक ल्याएकी छन्। कूल चार हजार ६७९ मतमध्ये संग्रौलाले २८८५ मत ल्याएकी छन्। २७१८ मत प्राप्त गरी पुष्पा भुसाल दोस्रो बनेकी छन् भने डा. आरजु राणा देउवा २५३६ मत ल्याएर तेस्रो स्थानमा छन्।
यस्तै अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाई २०९६, रमा कोइराला पौडेल १८५८, शुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मत ल्याएर विजयी भएका छन्। आइतबारदेखि सुरु भएको मतगणना भर्खरै सकिएको हो।

प्रतिक्रिया दिनुहोस्