नेपाल पशुपंक्षी औषधी व्यबसायी संघ,लुम्बिनी शाखाको १६ औं साधरण सभा तथा नवौं अधिबेशन सम्पन्न

नेपाल पशुपंक्षी औषधी व्यबसायी संघ,लुम्बिनी शाखाको १६ औं साधरण सभा तथा नवौं अधिबेशन सम्पन्न

बुटवल-नेपाल पशुपंक्षी औषधी व्यबसायी संघ,लुम्बिनी शाखाको १६ औं साधरण सभा तथा नवौं अधिबेशन सोमवार सम्पन्न भएको छ। साधारण सभाले दिल्लीराज ज्ञवालीको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति गठन गरेको छ।
साधरण सभाले उपाध्यक्षमा शसिधर सापकोटालाई निर्वाचित गरेको छ भने पिताम्वर खरेललाई सचिवमा, कोषाध्यक्षमा रेनुका सापकोटालाई सर्बसम्मत निर्वापचत गरेको छ। यस्तै सदस्यहरुमा विनोद अर्याल, मिना कुमारी चालिसे, प्रकाश चन्द बञ्जाडे,खिमलाल ढकाल, केशवराज भण्डारी र हेमराज गिरी निर्वाचित हुनु भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पशुपंक्षी औषधी व्यबसायी संघ केन्द्रिय समितिका अध्यक्ष भुपेन्द्र प्रसाद गौतमले पशुपंक्षी व्यबसायीहरुको पेसालाई मर्यादित बनाउनु पर्नेमा जोड दिनु भएको छ। पशुपंक्षीहरुको उपचार गर्ने भन्ने बिषय सामान्य नभएको र बिरामी पशुपंक्षीहरुको स्वभावका आधारमा उपचार गर्नु पर्ने भएकोले संयमित हुनुपर्ने प्रमुख अतिथि गौतमले बताउनु भयो ।
कार्यक्रममा नेपाल पशुपंक्षी औषधी व्यबसायी संघ केन्द्रिय समितिका उपाध्यक्ष नारायण ढकाल,लुम्बिनी प्रदेश अध्यक्ष प्रकाश क्षेष्ठ, निवर्तमान अध्यक्ष चित्र कुमार गौतम,पशुपंक्षी तथा मत्स्य बिकास निर्देशनालयका पशु चिकित्सक सुक बहादुर नेपाली, नेम्लाका केन्द्रिय उपाध्यक्ष धन बहादुर खडका,पशु विज्ञ केन्द्र भैरहवाका अधिकृत सुरेश प्रसाद मिश्र, नेपाल पशुपंक्षी औषधी व्यबसायी संघ चितवन शाखाका सचिव विशाल पौडेल लगायतको उपस्थिती रहेको थियो
नेपाल पशुपंक्षी औषधी व्यबसायी संघ लुम्बिनी शाखाका अध्यक्ष राम प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शाखा सचिव पिताम्वर खरेललेले गर्नु भएको थियो भने शाखाका कोषाध्यक्ष शसिधर सापकोटाले शाखाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित मिति : मंगलबार, पुष ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij