संसद्‍ बैठक १८ पुससम्म स्थगित, धकेलियो एमसिसी

संसद्‍ बैठक १८ पुससम्म स्थगित, धकेलियो एमसिसी

काठमाडौं : प्रतिनिधिसभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित भएको छ। पुस १८ गते आइतबार दिनको १ बजे आगामी बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए।

सभामुख सापकोटाले बैठक ११ दिन पर राखेपछि संसद्‌मा विचाराधीन अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) तत्काल संसद्‌मा पेश नहुने भएको छ। एमसिसी संसद्‌मा पेश गर्ने चर्चाले संसद्‌देखि सडकसम्म चर्चामा रहे पनि अब केही पर सर्ने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‌मा एमसिसी पेश गर्न खोजे पनि सत्ता गठबन्धनमै सहमति बन्न नसक्दा असफल बन्यो। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहेक सबै दल यथास्थितिमा एमसिसी अगाडि बढाउन नहुने पक्षमा छन्।

पाँच दलीय सत्ता गठबन्धनमै सहमति बन्न नसकेपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाएको छ।

यसअघि साविक नेकपाले पनि खनालकै नेतृत्वमा कार्यदल बनाएको थियो तर सो कार्यदलको प्रतिवेदन कार्यान्वयनमै आएन। संसद्‌मा एमसिसी पेश गर्न सभामुख सापकोटाको महत्त्वपूर्ण हात हुन्छ।

सापकोटा तत्कालै एमसिसी अगाडि बढाउने पक्षमा छैनन्। सभामुख र गठबन्धनमै सहमति जुटाउन नसक्दा देउवालाई एमसिसी अगाडि बढाउन चुनौती बनेको छ।

 

प्रकाशित मिति : बुधबार, पुष ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij