कांग्रेस महाधिवेशन : सबै पदको मतगणना सम्पन्न

कांग्रेस महाधिवेशन : सबै पदको मतगणना सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सबै पदको मतगणना सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको मतदानको आज सबै पदको मतगणना सम्पन्न भएको हो ।

कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सबै पदको मतगणना सम्पन्न भएकाले आजै रातिसम्म सबै पदको नतिजा सार्वजनिक गर्ने तयारी भएको राससलाई जानकारी दिए । कांग्रेसले यसअघि पदाधिकारी, खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्य, प्रदेश पुरुष तथा महिला केन्द्रीय सदस्य, दलित महिला तथा पुरुष केन्द्रीय सदस्य, मुस्लिम, थारु, मधेसीलगायत क्लस्टरअनुसारको मतगणना सम्पन्न गरिसकेको छ ।

बाँकी रहेका आदिवासी जनजाति केन्द्रीय सदस्य, खस आर्य केन्द्रीय सदस्य महिला तथा पुरुषको पनि गणना अन्तिम चरणमा पुगेकाले आजै सबै सूची सार्वजनिक गरिने संयोजक घिमिरेले जानकारी दिए । निर्वाचित उम्मेदवारलाई भोलि प्रमाणपत्र वितरण गर्ने कार्यक्रमसमेत निर्वाचन समितिले गरेको छ ।

कांग्रेसले १४औँ महाधिवेशनमा १३४ कार्यसमितिका लागि निर्वाचन गरेको थियो । निर्वाचनमा ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । कांग्रेसको १४औँ महाधिवेशनबाट वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : बिहिबार, पुष ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij