दाङ – राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड आजदेखि आउँदाे २५ गतेसम्म दैनिक ८ घण्टा बन्द हुने भएकाे छ ।
जीर्ण सडक निर्माण गर्न १५ दिनसम्म दैनिक ३ पटक गरी ८ घण्टा सडक खण्ड बन्द गरिने भएको हाे ।
राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर हुँदै सल्यानको प्रवेश मार्ग कपुरकोट क्षेत्रमा सडक जीर्ण भएको छ ।
यस सडक खण्ड अन्तर्गत चोरखोला–कपुरकोट क्षेत्रमा स्तोरउन्नतिको काम हुन लागेको जिल्ला प्रशासन कार्यालय सल्यानले जानकारी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले सार्वजनिक सूचना निकालेर आजदेखि लागू हुनेगरी २५ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द हुने जानकारी दिनु भयो।
बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सडक बन्द हुने जानकारी दिइएको छ ।
यो अवधिमा अत्यावश्यक गाडीले वैकल्पिक रुट कपुरकोट–पैँयाखोरकाे डाइभर्सन रुट प्रयोग गर्न सक्ने खड्काले बताउनु भएकाे छ ।
प्रकाशित मिति : आइतबार, पुष ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्