प्रचण्डले जवाफ दिएपछि नयाँ नेतृत्व चयन प्रक्रिया शुरु हुने

प्रचण्डले जवाफ दिएपछि नयाँ नेतृत्व चयन प्रक्रिया शुरु हुने

काठमाडौँ – नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रिया शुरु हुने भएको छ । काठमाडौँमा जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएपछि नयाँ नेतृत्व चयन प्रक्रिया शुरु हुने भएको हो ।

पूर्व निर्धारित कार्यक्रमअनुसार आजसम्म महाधिवेशनको सबै कार्यक्रम सक्ने भनिए पनि समूहगत छलफलको निष्कर्ष सुनाउन दुई दिनको समय लागेकोले महाधिवेशनको कार्यसूची लम्बिन पुगेको छ । राजनीतिक प्रतिवेदनमाथि समूहगत निष्कर्ष सुनाउने तथा सुझाव दिने क्रम बिहीबार सकिएपछि आज २५ वटा समूहले उठाएका प्रश्नको जवाफ अध्यक्षले दिनेछन् । प्रचण्डले जवाफ दिइसकेपछि प्रतिवेदन पारित गरेर नेतृत्व छनोटको प्रक्रिया शुरु हुने माओवादी केन्द्रले जनाएको छ ।

यसअघि बिहीबार साँझ बसेको स्थायी कमिटी बैठक मूल विषयमा प्रवेश नगरी सकिएको थियो । विधान संशोधन गर्न गठित मस्यौदा समितिले क्लस्टरबाट नयाँ केन्द्रीय समितिमा समावेश हुने नेताको सूची बनाउन नसकेपछि बैठक त्यसै टुङ्गिएको हो । क्लस्टरबाट केन्द्रीय समितिमा रहने नेता चयन गर्न देव गुरुङको नेतृत्वमा विष्णुपुकार श्रेष्ठ, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र जनार्दन शर्मा सम्मिलित समिति बनाइएको छ ।

क्लस्टर मिलाउनेबारे छलफल गर्न बैठक बसेको थियो, तर नाम फाइनल भएन । यसैकारण आज पुनः स्थायी कमिटीको बैठक बस्ने भएको हो । आजको बैठकले नेकपा माओवादी केन्द्रको नयाँ केन्द्रीय सदस्यको नाम पनि लगभग टुङ्गो लगाउने स्रोतले जनाएको छ । ‘शुक्रबार आफ्नो प्रतिवेदनमाथि २५ समूहबाट आएका सुझाव र जिज्ञासाको अध्यक्षले जवाफ दिनु हुनेछ,’ एक नेताले भने, ‘त्यसपछि बस्ने स्थायी समिति बैठकमा केन्द्रीय सदस्यबारे छलफल गरेर एउटा निष्कर्षमा पुग्नेछ ।’

माओवादी केन्द्रको विधानअनुसार महाधिवेशनबाट शुरुमा केन्द्रीय सदस्य मात्र चुनिने छन् । पछि तिनै सदस्यमध्येबाट अध्यक्षसहित पदाधिकारी चयन गरिने छ ।विधानमा कुनै परिवर्तन नगरिए माओवादी केन्द्रको नयाँ केन्द्रीय कमिटी १५ पदाधिकारीसहित २९९ सदस्यीय हुनेछ । उक्त प्रक्रिया शुक्रबार अघि बढ्ने छ । माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन यही पुस ११ देखि प्रज्ञा प्रतिष्ठान कमलादीमा चलिरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij