बुटवलबाट शव लिएर रिडीतर्फ जाँदै गरेको बस दुर्घटना : ७ जनाको मृत्यु

बुटवलबाट शव लिएर रिडीतर्फ जाँदै गरेको बस दुर्घटना : ७ जनाको मृत्यु

file photo

बुटवल -आइतबार पाल्पामा मलामी बोकेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

दुर्घटनामा परी घाइते भएका ८ जनाको उद्वार गरी उपचारको लागि तानसेन पठाइएको छ। बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस तानसेन गुल्मी सडकखण्डको लघुवामा बिहान करिब ११ बजे दुर्घटना भएको घटनास्थल पुगेका त्वातीले बताए।

बसमा कति जना सवार थिए भन्नेबारे यकिन हुन सकेको छैन्। उद्वारकार्य अहिले पनि जारी छ। शवसहित मलामी बोकेर बस रिडी तर्फ जाँदै गरेको थियो।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : आइतबार, पुष १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij