तिनाउ–दानव किनारका जनताद्धारा उचित व्यवस्थापन र क्षतिपूर्तिको माग गर्दै थाल बजाएर प्रदर्शन

तिनाउ–दानव किनारका जनताद्धारा उचित व्यवस्थापन र क्षतिपूर्तिको माग गर्दै थाल बजाएर प्रदर्शन

 

बुटवल- तिनाउ दानव करीडोर पिडित संघर्ष समितिले आज बुटवल उपमहानगरपालिकामा एक घण्टा  गेट अगाडि थाल ठटाएर  प्रदर्शन गरेका छन् ।
करिडोर पिडितहरूको उचित ब्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिको आह्वानमा आज मध्याह्न १२ बजेदेखि १ बजेसम्म नगरपालिकामा थाली सहितको प्रदर्शन गरेका हुन ।

शान्तीपूर्ण प्रदर्शन गर्दै प्रदर्शनकारीहरूले करीडोर पीडित सबै सुकुम्बासीलाई लाल पुर्जा दे,करीडोर पीडित सबैलाई उचीत ब्यबस्था गर,मत र कर बैध जनता किन अबैध रु विकासको नाममा जनताको बिचल्ली र बिनास गर्न पाइदैन,यस्ता मेयर चाइदैन,सयुक्त सघर्स समीती एकता जिन्दाबाद ,करीडोर पीडित जनता एक हौ लगायतका नारा लेखिएको प्ले कार्ड प्रदर्शन गरेका थिए ।

कार्यक्रमलाई सम्बनेधन गर्दै संघर्ष समितिका उपाध्यक्ष राजु शाहिले अव्यवस्थित र भुमिहिन जनताहरूलाई व्यवस्थित रूपमा बसोवासको ब्यवस्था गर्न माग गर्दै जनताको गाँस,बास उठाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नु मुर्खतापुर्ण भएको र आफुहरुको माग सुनुवाइ नभएकोले थाली बजाएर प्रदर्शन गरेको  बताए ।

माग सम्बोधनको लागि शान्तिपुर्ण प्रदर्शन, नगरपालिका घेराउ, राजनीतिक दल सहितको प्रतिबद्धता सभा लगायतका कार्यक्रम गर्दा समेत नगर प्रमुख शिवराज सुवेदीले प्रभावित बासिन्दाको मागलाई सम्बोधन नगरिएकोले आफुहरूको माग पूरा नभए उपमहानगरपालिका गेट अगाडि अर्घनग्न प्रदर्शन र नगरका सबै वडा कार्यालय सहित नगरपालिकामा तालाबन्दी  गरि सम्पुर्ण कामकाज ठप्प पार्ने संघर्ष समितिका सल्लाहकार बीरेन्द्र बहादुर बिकले बताए ।
करिरोड बनाउदा करिब २ हजार घरपरिवार विस्थापित हुनुपर्ने भन्दै यसबारे नगरपालिकाले कुनै वास्ता नगरेको भन्दै संघर्ष गरिहेको स्थानीय शुसिला घर्ती मगरले  बताइन।तिनाउ दानव करीडोर सघर्स समितीको आयोजनामा भएको प्रदर्शनमा सयौंको सहभागीता रहेको थियोे ।

प्रकाशित मिति : मंगलबार, पुष २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij