काठमाडौँ – सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीचको बैठक प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलकाअनुसार बैठक बिहान साढे ९ बजेबाट जारी छ ।
बैठकमा राजदूत नियुक्तलगायतका विषयहरूमा छलफल भइरहेको छ । यस्तै अन्य समसामयिक विषयहरूमा पनि छलफल भइरहेको छ । यस्तैगरी बैठकमा राष्ट्रिय सभा निर्वाचनकाे थप रणनीतिबारे छलफल भइरहेकाे छ ।
बैठकमा प्रधान मन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, पौडेललगायतका नेताहरूको उपस्थिति रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्