काठमाडोँ – नेपाली कांग्रेसका सभापति तथा प्रधान मन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । सोमबार प्रधान मन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।
भेटमा स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको प्रधान मन्त्रीको सचिवालयले जनाएको छ । उनीहरूबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको बताइएको छ । संवैधानिक व्यवस्थाअनुसार तीनै तहको निर्वाचन समयमा नै गर्ने सहमति पनि भएको छ ।
यस्तै मंगलबार बिहान नौ बजे उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने र समितिको सुझावअनुसार स्थानीय तहको चुनावको मिति तोक्ने पनि सहमति भएको जनाइएको छ ।
प्रकाशित मिति : सोमबार, माघ ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्