बुटवल–१२स्थित नयाँगाऊँ माध्यामिक विद्यालयमा कम्प्युटर प्रयोगशाला (आईसिटी) सञ्चालनमा आएको छ । कम्प्युटर प्रयोगशालाको मंगलबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गरिन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमत अन्तर्गत विद्यालयमा कम्प्युटर ल्याब सञ्चालनमा गरिएको हो । प्रयोगशालाको उद्घाटन गर्दै उपप्रमुख आचार्यले बुटवलको शैक्षिक गुणस्तरमा एकरुपता ल्याउन समग्र बुटवल एक विद्यालय अभियान सुरु गरेको बताइन् ।
उनले बुटवल गुणस्तरीय शिक्षा विकासमा नगरपालिका जुटेको बताइन् । विद्यालयका प्रधानाध्यापक पुरुषाेत्तम भट्टराईले ६ लाख रु५० हजार रुपैयाँमा ४० वटा कम्प्युटर सहित ल्याब सञ्चालनमा आएको बताए । उनले अहिले एक ल्यापटप,एक फाेटाेकपि मेसीन,२ कम्प्युटर ,सात थान सिसिटिभी जडान गरिएको जानकारी दिए । भट्टराईले विद्यालय पछिल्लो समय विद्यार्थीको रोजाइमा परेको बताए ।
कार्यक्रममा बुटवल वडा नम्बर १२ का अध्यक्ष दुर्गा सुबेदीले कम्प्युटर शिक्षासँगै प्रयोगशालाले शैक्षिक सुधारमा राम्रो सुधार ल्याउने बताए । कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्याल, बिद्यालयका सल्लाहकार डि आर भण्डारी, शिक्षक राप्रसाद बञ्जाडे लगायतले बोलेका थिए ।
प्रकाशित मिति : बुधबार, माघ १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्