काठमाडौं । नेपालमा थप ३१७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९६२५१७ पुगेको छ । त्यस्तै ८७२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८८७४४३ पुगेको छ
त्यस्तै कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११७७८ पुगेको छ । क्वारेन्टाइनमा १३८ जना छन् भने आइसोलेसनमा ६३२९६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, माघ २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्