काेराेनाबाट एकै दिन १६ जनाकाे ज्यान गयाे, २५ सय सङ्क्रमित थपिए, ८ हजारभन्दा धेरै निकाे

काेराेनाबाट एकै दिन १६ जनाकाे ज्यान गयाे, २५ सय सङ्क्रमित थपिए, ८ हजारभन्दा धेरै निकाे

काठमाण्डाै – काेराेना भाइरसकाे सङ्क्रमणबाट नेपालमा २४ घण्टामा १६ जनाकाे ज्यान गएकाे छ । याेसहित काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार सात सय ९४ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  २४ घण्टामा दुई हजार पाँच सय २६ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी ११ हजार ७३ जनाकाे नमुना परीक्षण गर्दा दुई हजार पाँच सय २६ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । यसमा व्यक्तिगत रूपमा परीक्षण गरेर इमेल र एसएमएसबाट पठाएको विवरण पनि समावेश रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै थप आठ हजार चार सय २५ जना काेराना सङ्क्रमणबाट मुक्त भएका छन् । याे सङ्ख्यासहित नेपालमा काेराेनाबाट निकाे हुनेकाे सङ्ख्या आठ लाख ९५ हजार आठ सय ८६ पुगेकाे छ । अहिले नेपालमा ५६ हजार चार सय ५७ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

यसैबीच नेपालमा थप पाँच लाख १३ हजार ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा एक करोड ५१ लाख ८३ हजार चार सय ४६ जनाले पूर्ण मात्रा र एक करोड ७४ लाख ९५ हजार चार सय ९४ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । अतिरिक्त मात्रा खोप लगाउनेको सङ्ख्या पाँच लाख ५८ हजार नौ सय ५० पुगेको छ

प्रकाशित मिति : शुक्रबार, माघ २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij