स्थानीय तहको चुनावको मिति केही दिनमै घोषणा हुने

स्थानीय तहको चुनावको मिति केही दिनमै घोषणा हुने

काठमाण्डौ ।

सरकारले एक, दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा चुनाव गर्ने प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय गर्न ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । तर आवश्यक तयारी नपुगेकाले अस्ति बिहीवार मन्त्रिपरिषद्को बैठक बस्न नसकेको र अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सरकारले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठले अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको बताउनुभयो । उज्यालोसँगको कुराकानीमा उहाँले तोकिएकै समयमा चुनाव गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

 

मन्त्रिपरिषद्को नियमित बैठक सोमवार र बिहीवार बस्ने गर्छ । यसअघि आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा जेठ ४ गते चुनाव गर्ने समझदारी भएको थियो । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्न बाँकी रहँदा निर्वाचन आयोग भने चुनावको तयारीमा जुटेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको तर्फबाट गर्नुपर्ने तयारी भइरहेको जानकारी दिनुभयो । तर, कतिपय काम मिति घोषणा भएपछि सुरु हुने उहाँले बताउनुभयो । स्थानीय तहको चुनावलाई लक्षित गरी आयोगले मतदाता सङ्कलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण, दातृ निकायसँग समन्वय गर्ने तथा अरु आवश्यक पूर्व तयारीका कामहरु निरन्तर गरिहेको प्रवक्ता पौडलले जानकारी दिनुभयो ।

चुनावको मिति घोषणा नहुँदासम्म मतदाता नामावली सङ्कलनको काम भइरहने उहाँले बताउनुभयो । २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा भएको स्थानीय तहको चुनावबाट निर्वाचित पदाधिकारीहरुको पदावधि आउँदो जेठ ५ गते सकिँदै छ ।

प्रकाशित मिति : शनिबार, माघ २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij