एमसीसी संसदमा टेबल भएपछि मात्र एमालेले धारणा सार्वजनिक गर्छः प्रदीप ज्ञवाली

एमसीसी संसदमा टेबल भएपछि मात्र एमालेले धारणा सार्वजनिक गर्छः प्रदीप ज्ञवाली

बुटवल ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई सत्तारुढ गठबन्धननले गिजोलेर विवादास्पद बनाएको बताएका छन् ।

नेता ज्ञवालीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूले अमेरिकासँग एउटा कुरा र नेपाली जनतासँग अर्को कुरा गरेर एमसीसीलाई गिजोलेको बताएका हुन् । प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले कांग्रेस माओवादी गठबन्धनकै सरकारको पालामा यो सम्झौता भएको तर, अहिले उनीहरू नै सरकारमा भएका बेला यो बढ्ता विवादास्पद बनाइएको टिप्पणी गरे ।
‘खासगरी माओवादी नेताहरूको दोहोरो भूमिकाले एमसीसीका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि अविश्वसनिय बनेको छ’ज्ञवालीले भने,‘एकातिर अमेरिकालाई चिठी लेखर पाँच महिनामा पास गर्छौं भन्ने, यता नेपाली जनतालाई संशोधन नगरी पास गर्दैनौं भन्ने कस्तो चरित्र हो ?’
एमसीसीमा राष्ट्रहीत विपरित प्रावधानहरू भए सम्झौता गर्नेहरूले नै गल्ती स्वीकार गर्नुपर्ने बताए । एमसीसी संसदमा छलफल हुन पाउनुपर्ने र संसदमा टेबल भएपछि मात्र एमालेले औपचारिक धारणा सार्वजनिक गर्ने नेता ज्ञवालीले दोहो¥याए । एमसीसीको विषय अंध्यारो कोठामा सत्ता लेनदेनको विषय बनाउन नहुने ज्ञवालीको भनाइ छ । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलाई संसदमा टेबल गर्ने बाटो छेक्न नपाउने भन्दै ज्ञवालीले सभामुखको भूमिका विवादास्पद रहेको टिप्पणी गरे ।

प्रकाशित मिति : आइतबार, माघ २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij