बुटवलमा रोकिएको ट्रकसंग कार ठोकियो, तिनजनाको मृत्यु

बुटवलमा रोकिएको ट्रकसंग कार ठोकियो, तिनजनाको मृत्यु

बसटवल – बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
दुर्घटनामा दुईजना गम्भिर घाइते भएका छ्न । सोमबार (आज) एकाबिहानै बुटवल
उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी
दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन
लामिछानेले जानकारी दिए । पश्चिमदेखि पुर्व दिशामा रोकिरहेको २ ख ९७७२
नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको हो । मृत्यु
हुनेहरुमा कारमा सवार बुटवल १२ बस्ने सविन थारु,सोहि स्थानका गोविन्द
चौधरी र कार चालक नेवार नविन श्रेष्ठ रहेका छन् । उनिहरुको शव बुटवलको
प्रदेशिक अस्पतालमा राखिएको छ । दुर्घटनामा परि गम्भीर घाइते २ जनाको पनि
सोहि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालक फरार रहेका
छन् । घटनासम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, माघ २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij