काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच स्थानीय तह निर्वाचन लक्षित बजेटबारे बुधबार छलफल भएको छ ।
गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय ९नेपाल प्रहरी र सशस्त्र प्रहरी० का लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव डा। भिष्मकुमार भुसालले जानकारी दिए ।
सहसचिव डा। भुसालका अनुसार अब गृह मन्त्रालयले बिहीबारसम्म चालूतर्फको समेत बजेट यकीन गरेर अर्थ मन्त्रालयमा पठाउने छ ।
छलफलमा गृहमन्त्री खाँणले निर्वाचनको कामलाई घनिभूतरूपमा अगाडि बढाउन आग्रह गर्दै अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको भन्दै नभई नहुने विषयबस्तुबारे अवगत गराइने बताएका थिए ।
अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थमन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक गर्नै पर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए ।
प्रकाशित मिति : बुधबार, माघ २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्