एमसीसी अगाडि बढाउनुपर्ने कांग्रेसको निष्कर्ष

एमसीसी अगाडि बढाउनुपर्ने कांग्रेसको निष्कर्ष

काठमाण्डाै – नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहायता ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) सम्झौता अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

आज बिहीवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी अगाडि बढाउने निष्कर्ष निकालेको नेता शशाङ्क कोइरालाले जानकारी दिनुभयो ।

बैठकमा सहभागीहरूले एमसीसीको विषयमा नागरिकलाई पनि बुझाउनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा पूर्व अर्थ मन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले एमसीसी विशुद्ध विकास परियोजना भएको र यसबारेमा नागरिकलाई पनि बुझाउनुपर्ने बताउनुभएको थियो ।

आजको बैठकमा आसन्न स्थानीय तहको चुनाव र पार्टीका भातृ सङ्गठनको अधिवेशनको विषयमा समेत छलफल भएको नेता कोइरालाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बिहिबार, माघ २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij