एमसीसी संसदमा टेबुल गर्न प्रधान मन्त्रीको प्रस्ताव, साझा धारणा बनाउन प्रचण्ड- माधवकाे जाेड

एमसीसी संसदमा टेबुल गर्न प्रधान मन्त्रीको प्रस्ताव, साझा धारणा बनाउन प्रचण्ड- माधवकाे जाेड

काठमाडौँ – सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताको बैठक विना निष्कर्ष सकिएको छ । बैठकमा प्रधान मन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना संसदमा पेस गर्न प्रस्ताव गरे पनि अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नसकिने सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएपछि बैठक बिना निष्कर्ष सकिएको बालुवाटार स्राेतले जनाएको छ ।

बैठकमा प्रधान मन्त्री देउवाले अब एमसीसीलाई संसदमा पेस गरी आ-आफ्ना कुरा त्यहीँ राख्नु मनासिब हुने बताएका थिए । प्रधान मन्त्री देउवाले प्रतिनिधिसभाको अबको बैठकमै एमसीसी टेबुल गर्नुपर्नेमा जोड दिएका थिए । तर अध्यक्ष प्रचण्ड र नेपालले त्यसअघि साझा धारणा बनाउनुपर्नेमा जोड दिएका थिए ।

सबै दलको साझा धारणा बनाएर मात्र संसदमा लैजानुपर्ने अध्यक्षद्वयको धारणा रहेको स्राेतले जनाएको छ । अमेरिकाले यही फेब्रुअरीको अन्तिमसम्म एमसीसीबारे निर्णय गरिसक्न नेपाललाई भनेको छ । सत्तारुढ मुख्य घटक नेपाली कांग्रेस  एमसीसी पारित गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र नेकपा एस लगायत दलहरू यसको विपक्षमा छन् ।

प्रकाशित मिति : शनिबार, माघ २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij