बुटवल-रूपन्देहीका २ गाउँपालिका अध्यक्ष सोमवार नेकपा एमालेमा प्रवेश गरेका छन् । ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव एमालेमा प्रवेश गरेको हुन् ।
नवप्रवेशीलाई नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन् ।
केवट र हरिजन माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष हुन् । रूपन्देहीका १६ पालिकामध्ये ओमसतिमामा मात्र माओवादीले २०७४ सालको स्थानीय तह निर्वाचनमा जीत हासिल गरेको थियो ।
यादव तत्कालीन मधेशी जनअधिकार फोरम र हालको जनता समाजवादी पार्टी जसपा बाट निर्वाचित अध्यक्ष हुन् । सनोज रूपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित कांग्रेस प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादवका सहोदर भाइ हुन् ।
एमाले रुपन्देहीले धकधईमा विशाल कार्यक्रम गरी नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको हाे । उपाध्यक्ष पौडेलले २०७४ सालमा जस्तै एमालेको देशव्यापी जनलहर बढेको बताए ।
प्रकाशित मिति : सोमबार, फाल्गुन २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्