काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना संसद्ले नै फैसला गर्ने बताएका छन् । आज नेपाली कांग्रेसको सङ्क्षिप्त इतिहास नामक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने पक्षमा आफू रहेको स्पष्ट पारे ।
उनले संसद्ले पास या फेल जे गरे पनि आफूले स्वीकार गर्ने बताएका छन् । कार्यक्रममा उनले एमसीसी पास गर्ने पक्षमा उभिन सबैलाई निर्देशन समेत दिए । उनले भने, ‘एमसीसी संसदमा पास र फेल के हुन्छ थाहा छैन । यद्यपि नेपली कांग्रेस भने जसरी पास गर्ने पक्षमा रहेको छ । एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’
एमसीसी पारित गर्ने या नगर्ने भन्नेमा सत्ता गठबन्धनमै सहमति जुट्न सकिरहेको छैन । जसका कारण सत्ता गठबन्धननै खतरामा रहेको छ । बुधबारको संसद बैठकमा एमसीसी टेबुल हुने भनिएतापनि नेकपा माओवादी केन्द्रको कारण हुन सकेन । अर्को बैठकमार्फत एमसीसी टेबुल गर्ने तयारी भइरहेको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्