काठमाडौं – सत्ता गठबन्धनको बैठक यही फागुन पाँच गतेका लागि सरेको छ । आज (बिहीबार) दिउँसो तीन वजेदेखि बस्ने भनिएको बैठक सरेको हो । गठबन्धन बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज (बिहीबार( बिहान भएको भेटवार्तामा कुरा नमिलेपछि वैठक सरेको जनाइएको छ ।
एमसीसीबारे निर्णय लिन आज सत्तारुढ गठबन्धनको बैठक बस्नुअघि दुई नेताबीच छलफल भएको थियो ।आज बिहानको भेटमा दुई नेता आ–आफ्नो अडानमा कायम रहे । गठबन्धनको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषयमा निर्णायक छलफल कायक्रम छ । भोलि (शुक्रबार) प्रतिनिधिसभामा एमसीसी टेबुल गर्ने तयारी भए पनि गठबन्धनको बैठक नै सरेपछि अलमल भएको छ ।
(हिजो) बुधबार पनि प्रतिनिधिसभामा एमसीसी टेवुल गर्ने तयारी भए पनि दलहरुबीच सहमति कायम हुन नसकेपछि काम अघि बढ्न सकेन । हिजो एमसीसी संसदमा टेवुल गर्नुभन्दा अघि गठबन्धनको बैठक बोलाउने सहमति भएअनुसार गठबन्धन बैठक बस्न लागेको हो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्