काठमाडौँ – प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । बिहीबार प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा एमसीसीबारे दुई घण्टासम्म छलफल भएको हो । तर छलफलमा कुनै सहमति नभएको र शुक्रबार बिहान १० बजे फेरि बैठक बस्ने सच्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
सरकारका प्रवक्ता एवं कांग्रेस नेता कार्कीले फाल्गुन १६ गते सम्ममा एमसीसी निष्कर्षमा पुग्ने दावी गरे । दलहरुका बीचमा एमसीसीका बारेमा हरेक कोणबाट छलफल भएको र कुनै ठोस निष्कर्ष निस्कन नसकेको उनले बताए । उनले एमसीसी सदनबाटै टुङ्गो लाग्ने दावी गरे । बैठकमा एमसीसीलाई अघि बढाउने विषयमा कांग्रेसका नेताहरुले जोड दिएका थिए । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुट्दासम्म अघि बढाउन नहुने धारणा राखेका थिए ।
बैठकमा प्रधान मन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू सहभागी थिए । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सहभागिता थियो ।
जनता समाजवादी पार्टीबाट संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए । बैठक शुक्रबार बिहान १० बजे प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा फेरि बस्ने सरकारका प्रवक्ता कार्कीले बताए ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्