एमसीसीका कारण तोकिएको निर्वाचन समेत प्रभावित हुनसक्छ : मन्त्री डिल्लीबहादुर चौधरी

एमसीसीका कारण तोकिएको निर्वाचन समेत प्रभावित हुनसक्छ : मन्त्री डिल्लीबहादुर चौधरी

बुटवल-लुम्बिनीका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले एमसीसीका कारण तोकिएको निर्वाचन समेत प्रभावित हुनसक्ने बताएका छन् ।

काँग्रेस प्रजातन्त्रलाई आम्त्मसाथ गर्ने पार्टी भएको बताउँदै चौधरीले फागुन १६ गतेपछि कुन तहको चुनाव हुने यकिन हुने बताए ।

७२ औं प्रजातन्त्र दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको प्रविधिमैत्री, मितव्ययी, अहिंसात्मक र मित्रवत प्रतिस्पर्धात्मक निर्वाचन राष्ट्रको आवश्यकता बिषक अन्तरक्रियामा बाेल्दै

काँग्रेसका नेता समेत रहेका चौधरीले एमसिसिमा चिन र अमेरीकाका नाममा राजनीतिक दलहरु विभाजित हुने कुरा दुःखद भएको बताए । उनले एमसिसि विकास परियोजना भएकाले यसलाई त्यहि रुपमा मात्रै बुझ्न आग्रह गरे । मन्त्री चौधरीले दलहरुले प्रजातन्त्रलाई बुझ्ने तरिका एउटै हुनुपर्नेमा त्यसो नहुँदा समस्या बल्झिरहेको बताए ।

नेपाली काँग्रेस रुपन्देहीका सभापती रामकृष्ण खाँणले प्रजातन्त्र दिवसले सबै राजनीतिक शक्तिहरुलाई एकैठाउँमा उभ्याएकाले विभाजित नहुन आग्रह गरे ।ram.jpg

नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका सदस्य विनोद पहाडीले आर्थिक रुपमा कमजोर बर्ग समुदायका व्यक्तिहरु निर्वाचन लड्न सक्ने अवस्था नभएकाले निर्वाचन प्रणालीका बारेमा पनि बहस गर्नुपर्ने बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनालले लोकतन्त्र रक्षाका लागि निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताउँदै अबको निर्वाचनलाई प्रविधिमैत्री, मितव्ययी बनाउन दलहरुलाई सुझाव दिए ।

छलफल कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सावित्रा अर्याल, नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई प्राप्त उपलब्धीको चर्चा गर्नुपर्नेमा जोड दिए ।

उक्त अन्तरक्रियामा बार एसोसिएशन उच्च अदालत बुटवलका अध्यक्ष जोग बहादुर खत्री, नेकपाका नेता खोमा तरामू मगर, बुटवल उद्योग बाणिज्य संघका सचिव मुक्ति अधिकारी, दलित महिला संघ रुपन्देही अध्यक्ष मनु खड्का, शान्ति समाजका रुपन्देही सभापति डिपि खनाल, सचिव कपिल ज्ञवालीले बोल्दै प्रजातन्त्रको अनूभूती नागरिकले गर्न नपाएकाले दलहरुले गम्भिर समिक्षा गर्ने बेला आएको बताएका थिए ।

शान्ति समाजले राजनीतिक दलहरुलाई अब आउने निर्वाचन प्रविधिमैत्री र मितव्ययी बनाउन ध्यानआर्कषण गरेको छ ।  राजनीतिक घटनाक्रमबाट तोकिएका निर्वाचनहरु प्रभावित हुन नहुने भन्दै समाजले दलहरुको ध्यानआर्कषण समेत गराएको हाे ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij