सत्ता गठबन्धनको बैठक बस्दै, आजै एमसीसी टेबुल गर्ने तयारी

सत्ता गठबन्धनको बैठक बस्दै, आजै एमसीसी टेबुल गर्ने तयारी

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बालुवाटारस्थित प्रधान मन्त्रीको सरकारी निवासमा बिहान १० बजेपछि बस्न लागेको हो ।

यसअघिका बैठकमा एमसीसी सम्झौताबारे गठबन्धनमा रहेका दलहरुबीच एकमत हुन सकेको थिएन । तर आजको बैठकले संसद्‌मा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने बुझिएको छ । एमसीसी संसद्‌मा टेबुल गर्न दिनेबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक छन् भने एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटीको बैठकले एमसीसी टेबुल गर्न अवरोध नगर्ने तर यथास्थितिमा एमसीसी अनुमोदन गर्न भने नसक्ने निष्कर्ष निकालेको छ ।

जसपाले ठोस निर्णय लिन सकेको छैन । अध्यक्ष यादव माओवादी लगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन् । एमसीसीले दिएको समयसीमा फागुन १६ गते नजिकिँदै गर्दा प्रधान मन्त्री शेरबहादुर देउवा संसद्‌बाट पारित गराउन तीव्र दबाबमा रहेका छन् । उनले  बिहीबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

सत्ता गठबन्धनको बैठकलगत्तै कार्य व्यवस्था परामर्श समितिको बैठक छ । यी दुवै बैठकमा एमसीसी संसद्को कार्यसूची बनाउने सहमति भए आइतबार नै संसद्मा टेबुल गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । दिउँसो १ बजे संसद् बस्दै छ । त्यसअगाडि साढे ११ बजे सभामुख अग्नि सापकोटाले कार्य व्यवस्थाको बैठक बोलाएका हुन् ।

५० करोड अनुदान सहयोगको एमसीसी सम्झौता १६ फागुनभित्र संसद्बाट अनुमोदनका लागि अमेरिकाले कूटनीतिक दबाब दिइरहेको छ । ३० असार ०७६ मा तत्कालिन केपी ओली नेतृत्वको सरकारले एमसिसी अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता गरेको थियो । तर, सम्झौताका विषयवस्तुलाई लिएर उत्पन्न विवादका कारण टेबुल हुन सकेको छैन ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij