कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बस्ने जनाइएको छ ।‍‍‍

बैठकमा केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले तयार पारेको ड्राफ्ट भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानको रूपमा छलफल हुने भएको छ । बैठकमा दलित संघ, महिला संघलगायत ६ वटा भ्रातृसंघको विधानमाथि छलफल गरेर सुझाव दिने प्रवक्ता डा‍‍‍‌‍. प्रकाशशरण महतले बताए ‍‍‍‍ । उनले भने, ‘एनपी साउद नेतृत्वको समितिले तयार पारेको विधानको ड्राफ्टमथि छलफल गरेर विधानको रूपमा पारित भइसकेको छ, विधानलाई पार्टी पदाधिकारीले अध्ययन गरेर सुझाव दिने काम भइरहेको छ ।’

पार्टीको केन्द्रीय समिति बैठकमा उठेका सुझावलाई समावेश गरेर विधान पारित भइसकेको हो । नेपाली कांग्रेसले म्याद सकिएका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन गर्न विधान तयार पारेर पदाधिकारी बैठकमा छलफल भइरहको छ ।
कांग्रेसले भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको अधिवेशन विधानअनुसार गर्न नसक्दा आलोचना हुँदै आएको छ ।

भ्रातृसंघले गति लिन नसक्दा ऊर्जाहीन भएका छन् । पार्टीको १४ औँ महाधिवेशनमार्फत शेरबहादुर देउवा सभापतिमा दोहोरिएपछि म्याद गुज्रिएका सबै भ्रातृ तथा शुभेच्छुक संघको अधिवेशन गर्ने कांग्रेसले तयारी गरेको छ ।

भोलि बस्ने प्रतिनिधिसभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुने भन्नेबारे पनि छलफल हुने छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij