साना दललाई चुनाव चिन्ह नदिएर निरकुशंता लाद्न खाेजियाे : पूर्वमन्त्री पासवान

साना दललाई चुनाव चिन्ह नदिएर निरकुशंता लाद्न खाेजियाे : पूर्वमन्त्री पासवान

बहुजन शक्ति पार्टिकाे राष्ट्रिय महाधिवेशन शुरू

कपिलवस्तु- बहुजन शक्ति पार्टिका अध्यक्ष एव पूर्वमन्त्रि विश्वेन्द्र पासवनाले स्थानिय निर्वाचनमा साना दललाई चुनाव चिन्ह नदिएर निरकुंशता लाद्न खाेजेकाे आराेप लगाए । उनले जनताकाे बलमा संघियता, गणतन्त्र प्राप्त गरेकाे बताउदै चुनाव चिन्हमा राेक लगाएर पूर्वराजा ज्ञानेन्द्र शाह नबन्न सरकारलाई चेतावनि दिए । पार्टिकाे बुधबार कपिलवस्तुकाे बहालुरगञ्जमा भएकाे छैठाै राष्ट्रिय महाधिवेशनलाई सम्बाेधन गर्दै अध्यक्ष पासवानले यस्ताे कुरा बताएका हुन । ‘प्रधानमन्त्री शेर बहादुर देउवा, प्रचण्ड र एमाले अध्यक्ष केपि अाेली जि जनताकाे बलमा राजा फालेका हाैं, लाेकतन्त्रमा चुनाव चिन्ह पनि नपाउने अवस्था आए, हामी मान्दैनाै’ उनले भने । उनले साना पार्टिलाई राखिएकाे थ्रेसहाेल्ड हटाउन कानुन संसाेधन गर्न सरकारकाे ध्यानाकर्षण गराए । संविधानले दिएकाे अधिकार समेत कार्यान्वयन गर्न सरकार असफल बनेकाे बताए । उनले पूर्ण समानुपातिक व्यवस्था, दलित तथा पिछडिएका समुदायकाे अधिकार स्थापित नभए ठूलाे विद्राेह हुने चेतावनि दिए । नेपालका राजनितिक पार्टिहरूले नेपालका दलित, जनजाति, मुस्लिम, मधेशी जनताकाे पक्षमा काम नगरेकाे बताउदै त्यसकाे विकल्पमा बहुजन शक्ति पार्टि आएकाे बताए । उनले उत्पिडित, जनजाति, आदिवासि, जनजाति, मुस्लिमहरूहरूले सामाजिक जनविद्रोह गर्नुपर्ने बताए । नेपालमा राणा, पञ्चायत, राजालाई हटाउदा पनि नेपाली जनताकाे सपना लत्याउन खाज्नेहरू सलबलाएकाे उनकाे भनाई छ । ‘गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीतालाई समाप्त पार्न खाेजिदैछ, त्याे कुनै पनि हालतमा स्विकार्न सकिँदैन’उनले भने । उदघाटन समाराेहमा बहुजन शक्ति पार्टिका बरिस्ठ उपाध्यक्ष रामसुभक हरिजन, बहुजन शक्ति नपाल लुम्बिनीका अध्यक्ष एसन अहमद खानले अब आउने चुनावमा तराई मधेशका दलित समुदायले साेच विचार गरेर मात्रै मत दिन अपिल गरे । त्यसैगरि कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टिका उपाध्यक्ष कमला थापा मगरले अब आउने निर्वाचनमा आफ्नाे समुदायकाे व्यक्ति छनाैट गर्नुपर्ने बेला आएकाे बताईन । उनले सत्ताधारी र प्रतिपक्षि दुवै मिलेर एमसिसि पारित गर्न खाजेकाे बताईन । बहुजन शक्ति पार्टीका युवा नेता राजेश सक्सेनाले दलित समुदायमाथि सरकारकै संरक्षणमा विभेद भएकाे आराेप लगाए । कार्यक्रममा बहुजन शक्ति लुम्बिनी प्रदेश सचिव शतिश निगम, नितिगत शाेषण अन्त्य गर्नका लागि अब जनता सचेत हुजे दिन आएकाे बताए । उनले दलित तथा जनजाती, मधेशि उत्पिडितहरू शाेषित भएकाले समानताका लागि लडनुपर्ने बताए । कार्यक्रममा नेता रमण कुमार मण्डल, बहुजनका नेता, गाैरी शंकर चमार, वाईसिएल मधेश प्रदेश अध्यक्ष अनिल कुमार पासवान, नेपाल लाेकतान्त्रिक जनता काग्रेसका नेता जित बहादुर चाैधरी, तारा कुमारी बाैध, जनमुक्ति युवा संघका शंकर गाहा, भिम आर्मि नेपालका नेता राजकुमार यादव, जिल्ला अध्यक्ष तपश्री कहार लगायले बाेलेका थिए । शुक्रबारसम्म चल्ने बहुजनकाे बन्दसत्र रूपन्देहीकाे भैरहवामा हुनेछ । छैठाै अधिवेशनले समावेशिताका सवाल र समयसामियक राजनितिक बिषयमा निर्णय गर्नेछ । शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij