संसद् बैठकअघि कांग्रेस र एमालेबीच वार्ता

संसद् बैठकअघि कांग्रेस र एमालेबीच वार्ता

काठमाडौँ – संसद्‌मा एमसीसी टेबल भएपछि अघि बढाउनेबारे नेपाली कांग्रेस र नेकपा एमालेबीच छलफल हुने भएको छ । एमसीसी अनुमोदनको कोसिसमा रहेका प्रधान मन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि प्रतिनिधि सभाको बैठक बस्नुअघि छलफल हुने भएको हो ।

दुई पक्षबीच छलफलको तयारी भइरहेको नेकपा एमालेका स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङले मकालुखबरलाई जानकारी दिए । ‘समय र स्थान अहिले तय भइनसकेको छैन,ड उनले भने, हिजो राति भएको छलफलअनुसार आज थप बसेर निष्कर्ष निकाल्ने कोसिस हुनेछ ।’

अध्यक्ष ओली अहिले केहीबेरमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पोखरा जाँदैछन् । ‘उहाँ साढे १० बजेपछि पोखरा गएर आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ,’ तामाङले भने, ‘पोखराको कार्यक्रममा सहभागी भएर अध्यक्ष आजै काठमाडौँ फर्किने कार्यक्रम छ ।’ उनकाअनुसार ओली पोखराबाट फर्किएपछि कांग्रेससँग छलफल तय भएको छ ।

एमसीसीबारे छलफलका गर्न आज संसद् बैठक बस्दैछ । दलहरुबीच सहमति नभएपछि हिजोका लागि बोलाइएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij