युक्रेनमा रहेका नेपालीलाई अहिले बसिरहेकै ठाउँमा सुरक्षित बस्न दूतावासको आग्रह

युक्रेनमा रहेका नेपालीलाई अहिले बसिरहेकै ठाउँमा सुरक्षित बस्न दूतावासको आग्रह

unn.prixa.net

काठमाण्डाै – रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपाली समस्यामा परेका छन् । युक्रेनको हवाई क्षेत्र अल्पकालीन रुपमा बन्द भएपछि उनीहरु थप समस्यामा परेका हुन् ।

हवाईमार्गबाट तत्काल युक्रेन छोड्न सम्भव नहुने भएको छ । जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर संयमता अपनाइ अहिले बसोबास गरिरहेको ठाउँमै घरभित्रै सुरक्षित बस्न अनुरोध गरेको छ ।

युक्रेन सरकार र सम्बन्धित कलेज/विश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका सुरक्षित ठाउँमा जान, राहदानी, परिचयपत्र, बैंकको कार्डलगायत कागजात आफ्नो साथमा राख्न र साथीभाइ तथा परिवार र नियोगसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरेको छ । युक्रेनको पछिल्लो घटनाक्रमबारे नियमित जानकारी राख्न र आवश्यक परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ ।

युक्रेनका सबै भूभागमा गरी झण्डै दुई सय नेपाली नागरिक रहेको विवरण छ । तीमध्ये ७ जना पूर्वी युक्रेनमा छन् । अहिलेसम्म १ सय ५० नेपाली सम्पर्कमा आएको र तत्काल उद्धार गर्नसक्ने अवस्था नरहेको युक्रेनका लागि नेपाली राजदूत रामकाजी खड्काले बताउनुभएको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij