बुटवल
बुटवल–८ शुक्रपथमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड र एस.ई.ई.डी.ल्याब्रोटरिज बुटवल प्रा.लि.बीच स्वास्थ्य उपचारमा सम्झौता भएको छ । बुटवलमा आज संस्थाको तर्फबाट सहकारीका अध्यक्ष लालकाजी राजभण्डारी र एस.ई.ई.डी.ल्याब्रोटरीजका अध्यक्ष डा.सुदर्शन प्रधान बीच एक आपसमा स्वास्थ्य उपचारमा सम्झौता गरिएको हो ।
एस.ई.ई.डी. ल्याब्रोटरीजका अध्यक्ष डा. प्रधानले बोल्दै उक्त सम्झौताले सहकारीमा आवद्ध भएका शेयर सदस्य महानुभावहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने र शेयर सदस्यहरुलाई उपचारमा सहजता हुने बताउनुभयो । सहकारीका शेयर सदस्य र शेयर सदस्यका परिवारलाई स्वास्थ्य उपचारमा ल्याब टेष्टमा भारी सहुलियत दिने सम्झौता भएको एस.ई.ई.डी. ल्याब्रोटरीज बुटवल प्रा.लि. का सञ्चालक तथा ल्याब इन्चार्ज रविन्द्र कुमार बरालले बताउनुभयो ।

उहाले आफ्नो मेडिकलबाट जटिल किसिमका विरामीहरुलाई अन्य ठाउँ काठमाडौं र भारतमा रिफर गर्नु परेमा पनि केही सहुलियत दिने बताउनुभयो । उक्त सम्झौता कार्यक्रममा सहकारीका सचिव ज्ञान बहादुर पुन, उपाध्यक्ष बसन्त कुमार जोशी, सहकारीका सञ्चालक समिति सदस्य विन्ध्याकेशर जोशी, संस्थाका सल्लाहकार बाबुकाजी शाक्य लगायतको सहभागिता रहेको थियो । सहकारीका शेयर सदस्य र शेयर सदस्यका परिवारलाई स्वास्थ्य उपचारमा ल्याब टेष्टमा भारी सहुलियत दिएकोमा एस.ई.ई.डी. ल्याब्रोटरीज बुटवल प्रा.लि.लाईअध्यक्ष लालकाजीराज भण्डारी ले धन्यबाद व्यक्त गर्नुभयोे ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्