एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा बढ्यो, अन्तिम उपाय खोज्दैछौँ : प्रचण्ड

एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा बढ्यो, अन्तिम उपाय खोज्दैछौँ : प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीकै कारण वर्तमान सत्ता गठबन्धन टुट्ने खतरा बढेको बताउनुभएको छ । उहाँले आफूहरु प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् भन्ने पक्षमा प्रयासरत रहेको र अन्तिम उपाय खोजिरहेको समेत बताउनुभयो ।

माओवादी सशस्त्र द्वन्द्वका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति तथा शहीद सप्ताहको स्मृतिमा आज पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन राष्ट्रियता, संविधान र लोकतन्त्र बचाउन बनेको दाबी गर्नुभयो ।

गठबन्धन र सरकार बनिसकेपछि पनि न्यूनतम साझा कार्यक्रममा कहीँ पनि एमसीसीको चर्चा नगरिएको उहाँको भनाइ छ । कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वका प्रथम शहीद रम्तेलको स्मृतिमा अक्षय कोष बनाउने घोषणा समेत गर्नुभएको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij