युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई मानवअधिकार एलाइन्सको आग्रह

युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई मानवअधिकार एलाइन्सको आग्रह

काठमाडौं ।

मानवअधिकार एलाइन्सले युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई आग्रह गरेको छ ।

लोकतन्त्र र मानवअधिकार विरुद्ध हुन जाने भन्दै एलाइन्सले रुसलाई आक्रमण रोक्न र संवादमार्फत् शान्तिपूर्ण समाधान खोज्न विश्व समुदायलाई आग्रह गरेको हो ।

अध्यक्ष मिनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मानवअधिकार एलाइन्स रसियाका राष्ट्रपति पुटिनसमक्ष युक्रेनमाथिको आक्रमण रोक्न माग गर्दछ र संवादमार्फत विवादको शान्तिपूर्ण समाधान खोज्न विश्व समुदायलाई अपिल गर्दछ ।’

कुनै पनि देशको सार्वभौमसत्तामाथि धावा बोलिनु लोकतन्त्र र मानवअधिकार विरुद्ध हुने एलाइन्सले जनाएको छ । साथै कुनै पनि सार्वभौम मलुकलाई छिन्नभिन्न बनाउन र देश नै नियन्त्रणमा लिन उद्दत रहनु संयुक्त राष्ट्रसंघको वडापत्र विपरीत हुनेतर्फ पनि एलाइन्सले स्मरण गराएको छ ।

‘युद्धका नाममा निहत्था नागरिकले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न र विश्वशान्ति कायम गर्ने तर्फ संवेदनशील हुन मानवअधिकार एलाइन्स आग्रह गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij