काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकबाट एमसीसी सम्झोता अनुमोदन गरिएको हो ।
संसदले नेपाल, अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने घोषणा गरेको छ । संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरेका थिए । त्यसक्रममा हुन्छ भन्ने पक्षमा बहुमत सांसद उभिएका थिए ।
सत्तारुढ चार दलले व्याख्यात्मक घोषणासहित मिलेनियम च्यालेन्ज कम्प्याक्ट अनुमोदन गर्ने सहमति जुटाए पछि प्रतिनिधिसभाबाट सम्झौता अनुमोदन भएको हो ।
सत्तारूढ दलहरूबीच नै एमसीसीबारे मतैक्य नभएपछि १२ बुँदे ब्याख्यात्मक टिप्पणी सहित प्रतिनिधिसभाले पारित गरेको हो । दलगत रुपमा नेमकिपा, राप्रपा र जनमोर्चा नेपाल मात्र यसको विपक्षमा रहे ।
एमालेले पक्ष वा विपक्षमा कतै मतदान गरेन भने कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले पक्षमा मतदान गरे ।
प्रकाशित मिति : आइतबार, फाल्गुन १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्