रुपन्देहीमा ६ लाख ३४ हजार बढी मतदाता : निर्वाचन कार्यालय

रुपन्देहीमा ६ लाख ३४ हजार बढी मतदाता : निर्वाचन कार्यालय

भैरहवा ।

रुपन्देहीमा ६ लाख ३४ हजार ७ सय ९७ जना मतदाता रहेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लाका स्थानीय तहहरुको टोली खटाएर, जिल्ला निर्वाचन कार्यालय, ईलाका प्रशासन कार्यालयहरु मार्फत संकलन गरिएको ९८ हजार बढी मतदाता गरि जिल्लामा हाल मतदाताको संख्या ६ लाख ३४ हजार पुगेको निर्वाचन कार्यालयको भनाई छ ।

२०७९ बैशाख २९ गते सम्म १८ वर्ष उमेर पुरा भएका नागरिकले मात्र मतदान प्रक्रियामा भाग लिन पाउने भएकोले यो संख्या सो मिति सम्म १८ वर्ष पुरा भएको मतदाताको मात्र भएको कार्यालयको भनाई छ । अहिले सार्वजनिक मतदाताहरुको संख्यामा केही कम हुने जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीको भनाई छ ।

यस अघिको प्रदेश एवम प्रतिनिधि सभा निर्वाचनमा रुपन्देहीको कुल मतदाता संख्या ५ लाख ३७ हजार १ सय २१ जना, २ सय ८ मतदान स्थलमा ६ सय १० वटा मतदान केन्द्र रहेकोमा हाल मतदान सथ्ल र मतदान केन्द्रमा समेत बढेको भण्डारीले जनाए । हाल जिल्लामा २ सय ८ मतदान स्थलमा ७ सय ४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

कार्यालयले सोमबार भैरहवामा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरि हाल सार्वजनिक भएको मतदाताहरुको बिषयमा दावी बिरोधको प्रक्रिया अगाडी बढाएको छ । फागुन २० गतेदेखी २६ गतेसम्म सार्वजनिक भएको मतदाता नामावली उपर दावी बिरोध गर्न सकिने र यसरी दावी बिरोध पछि आउने मतदाता संख्या नै अन्तिम मतदाता नामावली हुने उनले बताए ।

दावी बिरोधको कार्यक्रम अनुसार फागुन १८ गते कार्यालयले सबै स्थानीय तहहरुलाई मतदाता नामावली उपलब्ध गराउने र स्थानिय तहहरुले त्यसलाई १९ गते प्रत्येक वडामा टाँस गर्नु पर्नेछ । वडाका स्थानिय पञ्जिकाधिकारीले प्राप्त मतदाता नामावली मध्ये मृत्यु भएका, बसाई सराई भएका, विवाह गरि अन्यत्र गएका लगायतका मतदाताहरुको नाम हटाउने छन् । सोही अवधिमा मतदाताहरुले आफ्नो विवरणमा त्रुटि भए त्यसलाई सच्चयाउने, कुनै मतदाता प्रति उजुरी गर्नु पर्ने भए दावी बिरोध गर्न सक्नेछन् ।

मतदाता नामावलीमा दावी बिरोधको लागी सहयोग गरि दिन निर्वाचन कार्यालयले जिल्लाका सम्पूर्ण जनप्रतिनिधि एवम राजनैतिक दललाई आग्रह गरेको छ । यसको साथै सो अवधिमा मतदाताहरुलाई आफ्नो वडा कार्यालयमा पुगेर आफ्नो विवरण हेर्न र केही त्रुटि रहेमा सच्चयाउन कार्यालयले आव्हान गरेको छ ।

रुपन्देही जिल्लामा सबै भन्दा बढी मतदाता बुटवल उपमहानगर पालिकाको वडा नम्बर ११ मा १६ हजार २ सय ४८ जना रहेका छन् । लुम्बिनी बाणिज्य क्याम्पस मतदान स्थल रहेको उक्त वडामा १६ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले जनाए । यस्तै जिल्लामा सकै भन्दा कम मतदाता सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा ९ सय १३ जना रहेका छन् । भैरहवा उच्च मावि मतदान स्थल रहेको सो वडाको लागी १ वटा मतदान केन्द्र तोकिएको छ । सरदर १ हजार मतदाताको लागी १ वटा मतदान केन्द्र तोकिएको भण्डारीले जनाए ।

मतदाता परिचय पत्र हराएका मतदाताहरुलाई यहि फागुन २० गते सम्म सम्बन्धित वडा कार्यालयको सिफारिस र नागरिकता लिएर निर्वाचन कार्यालयमा आएर परिचय पत्रको प्रतिलिपि लिन सकिने कार्यालय आग्रह गरेको छ । यद्दपी परिचय पत्र नभए मतदानबाट नै बञ्चित हुनु पर्ने छ्र्रैन् । जिल्ला निर्वाचन अधिकारी भण्डारीका अनुसार मतदानको दिन स्पष्ट फोटो देदिने नागरिकता वा अन्य परिचय पत्रका आधारमा पनि मतदान गर्न सकिनेछ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij